फागुन २ अमेरिका – अमेरिकाको एक अस्पतालमा समयभन्दा पहिले जन्म लिएकी ६ दिनकी एक शिशुको मुटु प्रत्यारोपण गरिएको छ । यसको साथै शिशु कम उमेरमा मुटु प्रत्यारोपण गराउने पहिलो शिशु बनेकी छिन् । चिकित्सक र शिशुका आमा-बाबुले यो जानकारी दिएका छन् ।
ओलिभर क्राफर्डको अपरेशन एरिजोनाको फिनिक्स चिल्ड्रेन अस्पतालमा भएको थियो । ओलिभरको जन्म सम्भावित समयभन्दा सात हप्ता पहिले भएको थियो र उनलाई मुटुसम्बन्धि समस्या थियो । यसकारण उनका आमा-बाबुलाई उनी जिवीत रहने कुनै आशा थिएन । अस्पतालद्धारा जारी गरिए\को एक विज्ञप्तीमा शिशुकी आमा सैलिनले चिकित्सकलाई गर्भमा रहेकी आफ्नो सन्तान बच्ने निकै कम आशा रहेको बताएकी थिइन् । शिशुको जन्म ५ जनवरीमा भएको थियो र अस्पतालमा उनको स्वास्थ्यमा सुधार भइएरहेको छ ।
शिशुको आमा र उनकी पिता क्रिस क्राफर्डलाई गर्भधारणको २० हप्तामा गरिएको जाँचमा नै शिशुलाई यस्तो समस्या भएको थाहा दिइएको थियो । जाँचमा शिशुको डाइलेटेड कार्डियोम्योप्याथीका कारण समस्यामा रहेको पत्ता लागेको थियो । ओलिभर सबैभन्दा कम उमेरकी शिशु हुन्, जसको मुटु प्रत्यारोपण गरिएको छ ।(एजेन्सी)