ओबामालाई दिइयो भ्यालेन्टाइन डेमा मार्ने धम्की

माघ २८, काठमाडौं-संसारकै सबैभन्दा शक्तिशाली राष्ट्रपति बराक ओबामालाई  पनि धम्की आएको छ । ओबामा र उनकी पत्नि मिशेललाई भ्यालेन्टाइन्सको दिन रक्तपात मच्चाउने धम्की आएको अन्तराष्ट्रिय सञ्चार माध्यमले दिएका छन् । न्यूजविक म्यागजिनको ट्वीटर अकाउण्ट ह्याक गरेर ओबामालाई यस्तो धम्की दिइएको हो ।

म पनि आइएस नामको ह्याकर समूहले यस अघी अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको सामजिक मिडिया अकाउण्ट ह्याक गरेको थियो । चेतावनीपूर्ण ट्वीटमा मिशेल ओबामालाई सम्बोधन गर्दै ुतिम्रा पति, छोरीमाथि हामीले निगरानी गरिरहेका छौं मुस्लिम देशमा गरिएको अमेरिकी कारवाहीको बदला लिने छौुं भनिएको छ । एजेन्सीको सहयोगमा