सशस्त्र प्रहरीको अधिकृतदेखि कर्मचारीसम्म खानाको स्तर समान

माघ २७, काठमाडौं – सशस्त्र प्रहरी बलले देशभरका एपीएफ इकाईहरुका ठेकेदार प्रणाली अन्त्य गरी आफै खाना पकाउने व्यवस्था गरेको छ । उत्कृष्ट चामलको भातसँगै खानाका विभिन्न परिकारहरु अधिकृतदेखि सबै तहका कर्मचारीहरुका लागि एकैस्तरको बनाइएको छ ।

‘यस महिनाबाट लागू हुने गरी ठेकेदार प्रणालीको अन्त्य भई मेस संचालनका लागि लागत अनुमान बराबरको रकम नै प्राप्त भएपछि सशस्त्र प्रहरी बलले उक्त रकमबाट देशभरका एपीएफ इकाईमा पाक्ने खानाको स्तरमा व्यापक सुधार गरेको हो,’ सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीबाट जारी विज्ञप्तिमा उल्लेख छ ।