माघ २७,काठमाडौ- सन् २०१८ मा रूसमा आयोजना हुने विश्वकप फुटबल प्रतियोगिताका लागि एसियाली राष्ट्रका अन्तिम स्थानमा रहेका देशहरूको प्रारम्भिक छनोटको खेल तालिका आज सार्वजनिक हुने भएको छ।
एसियाली फुटबल महासंघ ९एएफसी० ले विश्वकप र सन् २०१९ को एसिएन कपको प्रारम्भिक छनोट एकैसाथ गर्न लागेको छ। पहिलो चरणमा फिफा वरीयतामा पछाडि रहेका एसियाली देशका १२ टोली सहभागी हुनेछन्।
एएफसीले एसियाली राष्ट्रको वरीयतामा ३५ देखि ४६ औं स्थानमा रहेका राष्ट्रलाई छनोट खेलमा सहभागी गराउने छ। पछिल्लो वरीयतामा रहेका १२ राष्ट्रमा भारत, श्रीलंका, यमन, कम्बोडिया, चाइनिज ताइपेई, इस्ट टिमोर, नेपाल, मकाउ, पाकिस्तान, मंगोलिया, ब्रुनाई र भुटान रहेका छन्।
सहभागी टोलीले होम एन्ड अवेका आधारमा प्रतिस्पर्धा गर्नेछन्। प्रारम्भिक छनोटमा परेका ६ राष्ट्रले शीर्ष वरीयतामा रहेका ३४ राष्ट्रसँग दोस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन्। अन्तिम राउन्डको समूह विजेता र उत्कृष्ट उपविजेता गरी कुल १२ टोलीले सन् २०१९ को एसियन कप खेल्न पाउनेछन्।
विश्वकप फुटबल छनोटको तालिका आज सार्वजनिक हुने
