महिला भलिबल र फुटबल खेलाडीलाई २५ हजार पुरस्कार

माघ २२,काठमाडौं-सरकारले  महिला पुटबल तथा भलिबल खेलाडीलाई २५ २५ हजार रुपैँया पुरस्कार दिने भएको छ । प्रथम दक्षिण एसियाली महिला भलिबल र तेस्रो दक्षिण एसियाली महिला फुटबल प्रतियोगितामा सहभागी खेलाडीलाई उक्त रकम दिन लागीएको हो ।

मन्त्रीपरिषदको आज बसेको बैठकले २ बिधाका महिला खेलाडीलाई उक्त पुरस्कार रकम दिन निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा। मिनेन्द्र रिजालले जानकारी दिए । काठमाडौंमा भएको प्रथम दक्षिण एसियाली महिला भलिबल प्रतियोगिता र तीन महिनाअघि पाकिस्तानमा भएको तेस्रो दक्षिण एसियाली महिला फुटबल प्रतियोगितामा नेपाल उपविजेता भएको थियो ।