पुर्वराजा ज्ञानेन्द्र र एमालेनेतृ भण्डारीको जम्काभेट

माघ १८,विराटनगर – नेकपा एमालेकी उपाध्यक्ष विद्या भण्डारी र ज्ञानेन्द्रका बीचमा भेटवार्ता भएको छ ।  तर उनीहरुको भेटघाट पुर्व योजना बिना नै भएको बताइएको छ । पछिल्लो समय मुलुकमा राजनीतिक संक्रमण बढ्दै गइरहेका बेला अलि फिुर्तिला देखिएका ज्ञानेन्द्रले विद्यासँग खेलेर कुरा गरेको स्रोतले  जनाएको छ । ज्ञानेन्द्र पूर्वाञ्चलको एक महिने बसाइपछि राजधानी आउनका लागि विराटनगर पुगेका थिए भने एमाले उपाध्यक्ष भण्डारी समेत पार्टीको कामले पूर्वाञ्चल पुगेकी थिइन । राजधानी फर्कने बेलामा विराटनगर विमानस्थलको भिआइपी रुममा ज्ञानेन्द्र र विद्याका बीचमा जम्का भेट भएको हो ।

विद्याले नमस्कार गरिन ज्ञानेन्द्रले नमस्कार फर्काए । अनि ज्ञानेन्द्रले विद्याको स्वास्थ्यका विषयमा कस्तो छ भनेर सोधे । उनले आफ्नो स्वास्थ्यको सुधार हुँदै गएको बताइन् । उनीहरुबिच लामो कुराकानी भयो । भिआइपी कक्षमा विद्या र ज्ञानेन्द्रले आधा घण्टा कुराकानी गरेको स्रोतले जनाएको छ । विराटनगरबाट राजधानी आउँदासम्म करिब डेढ घण्टाको अवधिमा ज्ञानेन्द्र र विद्याका बीचमा कुराकानी भएको भए पनि राजनीतिक विषयमा भने कुराकानी पनी नभएको बताइएको छ ।