प्रक्रियाबाटै संविधान बनाउनुको बिकल्प छैन : अध्यक्ष केसी

माघ १७,काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले यथाशीघ्र प्रक्रियाबाटै संविधान जारी गरी संक्रमणकालको अन्त्य गर्नुपर्ने बताएका छन् ।

कुनैपनि मुलुकमा सहमतिमा संविधान नबनेको भन्दै केसीले प्रक्रियाबाट संविधान जारी गर्नुको विकल्प नभएको बताएका हुन् ।

राजधानीमा  एक कार्यक्रममा केसीले नेपालमा विदेशी शक्तिको चलखेल बढेको भन्दै जातीय र क्षेत्रीय सद्भाव खलबलिन दिन नहुने बताए । नेता केसीले जातीय राज्य बनाए मुलुक विखन्डन हुने दाबी समेत गरे ।