माघ १७,काठमाडौँ -नेपाली कांगे्रसको पदाधिकारीको बैठक आज बिहान बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान ९ का लागि बैठक बोलाइएको छ । बैठकमा संविधान निर्माण पक्रिया, विपक्षीसँग भइरहेको छलफल र वार्ताका विषयमा सभापति प्रधानमन्त्री सुशिल कोइरालाले जानकारी गराउनुहुने भएको छ । यस्तै बैठकमा एकीकृत माओवादी, मधेसवादीलगायत विपक्षीसँगको वार्ता, आजका लागि बोलाइएको प्रश्नावली समितिको बैठकलगायतको विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।
नेपाली कांगे्रसको पदाधिकारी बैठक आज बस्दै
