माघ १५,काठमाडौँ- नेकपा एमालेले एमाओवादी नेतृत्वको मोर्चालाई वार्तामा आउन औपचारिक आग्रह गरेको छ । एमाले स्थायी कमिटीको आज बसेको बैठकले मोर्चालाई वार्ता र सम्वादमा आई सहमतिबाटै समस्याको समाधान खोज्न र छिटै नै जनतालाई संविधान दिन समेत आग्रह गरेको छ । साथै एमालेले कांग्रेससँग गरिएको नौ बुँदे सहमति परिमार्जन गरी राज्यको पुनस् संरचनामा लचिलो हुन तयार रहेको संकेत गरेको छ ।
यसैबिच एमाललेले एमाओवादी मोर्चा वार्तामा आएको अवस्थामा आफूहरु नेपाली काँग्रससँग भएको नौबुँदे सहमति परिमार्जन गर्न तयार रहेको समेत जनाएको एक नेताले बताए । मिश्रति निर्वाचन प्रणाली र संवैधानिक अदालतका सन्दर्भमा एमालेले नौ बुँदेमा पुनर्विचार गरिसकेको र विपक्षी मोर्चासँग सहमति गरिसकेको स्रोतको दाबी छ ।
एमाओवादी मोर्चा वार्तामा आउ,समस्या नबल्झाउ : एमाले
