फोनबाट नै अश्लिलता देखाएको आरोपमा चर्चित जोडी पक्राउ

माघ १४,काठमाडौँ-हर्षबर्धन साहनीलाई फोन गरेर अश्लिल गाली गरेको आरोपमा चर्चित एक जोडी पक्राउ परेको छ । यसअघि संचारकर्ममा आवद्ध सुरज गिरी र साहना बज्राचार्यको यो जोडीलाई  पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख पुष्कर कार्कीले बताए । कार्कीका अनुसार उनीहरुले फोन गरेर तथानाम गालीगर्दै हत्या गर्नेसम्मको धम्की दिएको भन्दै साहनीले महाशाखामा उजुरी गरेपछि दुबैलाई पक्राउ गरीएको हो। उनीहरुलाई सोधपुछका प्रहरी नियन्त्रणमा लिइएको प्रहरीले प्रष्ट्याएको छ ।

पीडित साहनीको दाबी अनुसारको गतिविधिमा दुबैको संलग्नता देखिएपछि अनुसन्धान र मुद्धा प्रकृया अगाडि बढाइएको पनि प्रहरीको भनाई छ । एक चर्चित टेलीभिजनमा कार्यरत यो जोडी चितवनमा आफ्नै गाडी भित्र अश्लिल हर्कत गरेको अभियोगमा केही समय अघि पनि चर्चामा आएको थियो । सोही कारण उनीहरुले खाइपाई आएको जागिर समेत गुमाउनु परेको थियो ।