माघ ९, काठमाडौं – संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले आइतबार दिउँसो बस्ने संविधानसभाको अर्को बैठकबाट निश्कर्ष निस्कने बताएका छन् । शुक्रबार विपक्षीको अवरोधका कारण बैठक कार्यसुचीमा नै प्रवेश नगरी टुगींएकाले आगामी बैठकमा निष्कर्ष निस्किने भन्दै सभामुखले बैठक स्थगीत भएको घोषणा गरेका थिए । यसैबिच संविधानसभाको शुक्रबारको बैठक विपक्षीको नारा जुलुसको घेरामा नै परेकोले संविधानसभाको अर्को बैठक माघ ११ गतेका लागी बोलाइएको छ । अर्को बैठक आइतबार दिउँसो १ बजेकाका लागी आब्हान गरिएको संसद सचिवालयले जनाएको छ ।
संविधानसभाको अर्को बैठकमा निष्कर्ष निस्किन्छ सुवासचन्द्र नेम्वाङ
