काठमाण्डौ-सञ्चारकर्मी कुमार आचार्यले निर्माण गरेको दोश्रो चलचित्र ‘बर्दी’ रिलिजको लागी तयार भएको छ । निर्माता आचार्यका अनुसार जेठ ८ गतेबाट प्रदर्शनमा आउने पक्का भएको छ ।
‘बर्दी’लाई विजय विक्रम बस्नेतले निर्देशन गरेका हुन् । समाजमा सुरक्षा निकायले खेल्ने भुमिकाको बिषयमा तयार यस चलचित्रमा अनु शाह, रुपा खनाल, कुशल थापा, विरेन डीसी, आरपी भट्टराई, सरोज शाह, म्याण्डी बाबु, भानु प्रताप लगायतका कलाकारको अभिनय रहेको छ ।
कुमार महर्जनको द्वन्द्व, पुरुषोत्तम बस्नेत, दीपेश गौतम र अनिला खड्काको गीत, प्रदिप श्रेष्ठको संगीत, गणेश कुमार श्रेष्ठको छायांकन छ । यस चलचित्रमा गीता आचार्य, प्रवेश आचार्य र करुणा आचार्यको लगानी छ ।