माघ ७,काठमाडौँ-एजेन्टको प्रलोभनमा परी उनीहरुसँगै भारत गएका १६ १६ युवती अझै भेटीएका छैनन् । सन् २०१४ मा भारतमा हराएका भनी ३३ जनाको निवेदन परेका मध्ये ति १६ जना पनि त्यही समुहमा परेको माइती नेपाल पशुपतिनगर आवधिक गृहले जनाएको छ । माइती नेपालका अनुसार तीमध्ये १७ जनालाई फेला पारी आफन्तको जिम्मा लगाइएको छ । उनीहरूलाई भारतको दार्जिलिङ, सिक्किम, सिलिगुढीलगायतका घर तथा होटलबाट उद्धार गरी परिवार तथा अभिभावकको जिम्मा लगाइएको हो । हराएकाको माइती नेपाल र माइती नेपाल सञ्जाल समूहले व्यापक खोजी गरिरहेको जनाएको छ । अवैध नाका हुँदै रोजगारीका लागि भारत हिँडेका ३६८ जना युवतीलाई सीमाक्षेत्रबाटै परामर्श गरी घर फर्काइएको छ । माइती नेपालले ६८७ जना युवतीलाई परामर्श सेवा प्रदान गरेको छ । अवैध नाकाको प्रयोग गरी दलालले किशोरीलाई भारततर्फ लैजाने गरेको माइती नेपालले जनाएको छ ।
भारत जान हिँडेका १६ युवती अझै बेपत्ता
