गत सोमबार राती संबिधानसभा रणसंग्राममा परिणत भयो । प्रतिपक्षीले हालसम्मकै घिनलाग्दो र अर्मयादित कार्य गरेर संविधानसभालाई नै लज्जीत तुल्याए । जसका कारण शीर्ष दलको सम्बन्ध थप धुब्रीकरण तर्फ अगाडी बढेको छ । अब संविधानसभा कसरी अगाडी बढ्छ ? दलीय सम्बन्ध कसरी अगाडी बढ्छ ?
जुन प्रकृतिले एमाओवादी नेतृत्को मोर्चाले संविधानसभालाई बन्धक बनाउने चेष्टा गरेको छ त्यसको सचित्र जनता र अन्तराष्टिय जगतले खुला आँखाले देखेको छ । जसको नतिजा पनि सबैभन्दा बढी उहाँहरुले नै भोग्नु पर्ने हुन्छ । उहाहरुले संविधानसभाबाट संविधान दिन आएको हो भने त्यसको सिकार माओवादी बन्छ । उनीहरुले संविधान र सहमतिका लागी जति ढिलाई गर्छन् यसको भागीदार सबै माओवादी हुन्छ । यसको सबै गाल, नोक्सानी प्रतीपक्षलाई हुन्छ ।
त्यो घटनाबाट मुलुक झन् झन् अस्तब्यस्त बनेको छ । जनता आक्रान्त छन् । अब यो अवस्थाबाट संविधानसभा कसरी अगाडी बढ्छ संबिधानसभा नै अन्योलताको भुमरीमा रुमलिएपछि संविधान पनि एकादेशको कथा हुने भयो हैन अब ?
तत्कालीन समयमा पनी उनीहरुले म अर्थमन्त्री भएको बेला पनि यस्तै किसिमको आक्रमण गरेका थिए त्यतिबेला पनि हामीले सामना गर्यौँ तर बजेट रोकिएन र अहिले पनि संविधान निर्माण कार्य रोकिदैन । सविधान आउँछ । उहाहरुले हत्केलाले सुर्यलाई छेकेर अध्यारो पार्छु भन्न खोज्नु आखिर कतिन्जेली भन्ने कुरा मुख्य हो ।
केही दिन अघि सम्म घनिभुत रुपमा दलीय छलफल भइरहेका थिए । तपाई अन्तिम भनिएको बैठकमा पनि सहभागी हुनुहुन्थ्यो । संघियता बाहेकका अन्य बिबादित बिषयमा सहमति नजिक पुगियो भनिएको थियो तर एकाएक कसरी ध्रुब्रीकरण भयो ?
अन्तिम भनिएको बैठकमा म सहभागी थिए । सहमति हुने र निर्धारित समयमा नै संविधान दिने भनेर प्रतिपक्षी समेत लागेका थिए । संघियता बाहेकका अन्य बिबादित बिषयमा कुरा मिल्दै थियो । मिलेका बिषयमा सहमती गर्दै जाने र नमिलेका बिषयलाई हामी नोट अफ डिसेन्ट लेखेर छोड्दै जाने भन्दै प्रतिपक्षीदलहरु अगाडी बढेका थिए । तर पछि मधेसी र माओवादीले अब बार्गेगिंको कार्ड सकिन्छ भनेर फेरी पछी हटेका हुन् । न्याय प्रणलीमा कुरा मिलेको थियो । त्यस्तै निर्वाचन पद्धतिमा पनि सरदर कुरा मिलेको थियो केही प्रतिशत मात्र मिल्न बाँकी थियो । तर उपेन्द्र यादब बाहेक सबै शक्ति संसदीय पद्धतिमा छन् । तर उनीहरुले सहमती नभएका विषयमा नोट अफ डिसेन्ट लेखेर मस्यौदमा पठाउने सहमती भएको थियो तर भोली बिहान अचानक संघियताको विषयलाई छोडेन हुँदैन भनेर बार्तालाई बिथोल्ने र सहमती भइसकेको कुराबाट पछाडी हटेर बाताबरण बिग्रिदै गएको हो ।
बातारण त बिग्रियो तर यो हदसम्मको बिरोध आक्रोशको वातारण कसरी सृजना भयो ?
यो त माओवादी नेतृत्व र उसको मोर्चालाई सोध्नुपर्यो, जसले हदैसम्को हर्कत देखायो । उनीहरु साँच्चिकै जनताका लागी र संविधानका लागी जवाफदेहि भएको हो भने आज किन जनताले उहाहरुलाई नै किन छि छि र दुर दुर गरिरहेका छन् ।
उहाँहरुले बिरालोलाई थुनेर राखेर त्यसको नतिजा के हुन्छ भन्दै तपाइहरुतिर नै प्रश्न फर्काउनुभयो रु खास सहमती हुन नसदने कारक चाहीँ तपाइहरु हो रे भन्ने उहाँहरुको आरोप छ नी ?
के ढोका थुन्नु नी । सहमती नभए प्रक्रियामा जाने भन्ने उहाहरुलाई नै थाहा भएकै कुरा हो नी हैन र । हिजो उहाँहरुसँग बहुमत भएको भए उहाहरु ले गर्नुहुन्थ्यो ? उहाँहरुले पनि लामो राजनीति गर्नुभएको छ । यो उहाँहरको बार्गेनिगं पासा बाहेक केही होइन ।
प्रक्रिया र बहुमतको कुराकानी गरीरहँदा अहिलेका सभामुख पनि पहिलाको संविधानसभाको अध्यक्ष नै हुनुहुन्थ्यो । तर तत्कालीन समयमा प्रक्रियामा जान आनाकानी गरिहेका सभामुखलाई अहिले भने किन त्यस्तो हतारो भएको । जहाकी उहाहरुले २ दिनको समय मागीरहनुभएको थियो नी ?
केही दिन कुर्नुपर्ने कुराको कुनै बस्तुगत उत्तर छैन । हिजो ४ बर्ष कुर्दा केही नभएपछि २ दिन किन कुर्ने यसको उत्तर चाहिएन ? सभामुख पनि आलोचनामा तानीने संभावना छ । यसरी समय मात्रै बर्बाद गरीरहनु पनी त भएन नी हैन र । पहिलेको ४ बर्ष र हिजोको १ बर्ष कुर्दा केही नभएपछि अब पनि संविधानसभालाई नै अगाडी कै जसरी बिघटन गराइदिने त त्यसोभए रु
एक किसिमले संविधानसभा प्रक्रियामा बढीरहदा संविधानसभाबाट संविधभान दिन कति सहज छ ?
यो एकदमै जटिल र गाह्रो विषय भएपनि त्यसको बिकल्प छैन । उहाँहरु आए पनि नआएपनि जटिलता र अप्ठ्यारोको बिच पनि संविधान आउँछ ।
अब प्रतीपक्ष संबिधान बनाउन छोडेर नाराबाजीमा लागीरहने अनि यहाँहरु हेरेर बसीरहने मात्रै हो की अरु के हुन्छ ?
हामी पनि हेछौ उदण्ड गर्नेहरुको कृयाकलाप । जनताले पनि हेरीरहेका छन् । उहाहरु आफै भोली थाकेर आउनुहुनेछ । १० बर्षे जनयुद्ध पनि कहिल्यै नथाक्ने भनेर सुरु गरेकै हो तर त्यतिले नपुगरररेर संसदीय पद्धतमिा फर्किनै पर्यो । यो एउटा जवानीको जोश मात्रै हो । एकदिन होस खुलेपछि उहाहरु आफै पश्चातापमा परेर फर्किनुहुनेछ । हामीले पनि संसदमा ९ ९ घण्टासम्म चर्का नाराबाजी गरेकै हौँ तर हामीले त्यसलाई गलत भन्ने महशुस गरेर फक्र्यौ । ५७ दिनसम्म संसद अबरुद्ध गरेर पनि बस्यौँ तर त्यो बाटो गलत थियो भन्ने महसुस गरेर हामीले सहमती र सम्झौता र प्रक्रियालाई रोज्यौ यस्तो किसीमको कृयाकलापले उहाहरुलाई माथी होइन झन् तल तल गिराउदैछ । त्यसो गर्नुको बिकल्प छैन ।
भनेपछि उहाँहरुले तपायहरुकै बाटो हेरेर यहासम्म पुग्नुभो अब त्यही बाटो हेरेर फर्किनुहुनेछ भन्ने तपाइको विश्वास ?
पक्कै पनि त्यहाभन्दा अगाडी जाने बाटो नभएपछि के गर्ने फर्किनु र सहमतमिा आउनुको कुनै बिकल्प छैन । हाम्रो देशका विपक्षीले त्यही शैलीबाट पाठ सिक्दै आएको इतिहास हो त्यो जुन गलत बाटो पनि हो ।
भनेपछि एमाओवादीको पछिल्लो गतिबिधबाट आत्तिइहाल्नुपर्ने अवस्था छैन ?
धेरै अगाडी बढेको संविधानसभा फेरी पछाडी फर्किदा सहमति भइसकेका अधिकांश कुराहरुमा सहमति भाडीदाको पिडा त हामीलाई छ । तर सबै बर्बादै भयो सबै सकियो भनेर हतास हुनुपर्ने स्थििति देख्दिन । यो सबै बन्द हडताल र संविधानसभा अबरुद्ध उनीहरुको बार्गेनिगं पासा बाहेक केही होइन ।
एमाओवादीले संविधानसभा छोडेर किरण र बिप्लबको बाटो हिड्यो भने के हुन्छ ? यो धम्की मात्रै हो । त्यती सहज छैन । त्यो भयो भने जनतामा भएको अलीअली क्रेज पनी गुम्छ उनीहरुको । सहमतिबाट पनि एउटा प्रक्रियामा त आउनुपरयो नी । प्रक्रियालाई मान्नुको बिकल्प छैन ।
४ पक्षीय बैठकमा नेपाली काँग्रेस भन्दा एमाले बढी हाबी र आक्रामक भयो भन्ने एमाओवादीको आरोप छ । तपाइहरुको आक्रामक शैलीका कारण पो बैठक भाँडीएको हो की ?
त्यस्तो होइन । कुनै एउटा पार्टीका कारण कोही बन्धन बन्दैन । सबैका आआफ्नो निति छन् । एमाले र काग्रेस बिच छ प्रतिस्पर्धा त । खाली हाम्रो विषय मिलेको हो । कसैले मन्दा भाषाम आफ्ना कुरा माओवादीले भनेजस्तो हामी अलग ठाउँमा छौँ भन्ने होइन ।
पहिलो संविधानसभामा माओवादीको बहुमतको धक्कुले संविधानसभा नै बिघटन भयो । अहिले आएर काग्रेस एमालले गण्तिीय हिसाबमा प्रक्रियाका नाममा बहुमतका कारणसंविधान आउँछ भनीरहँदा संविधान दिन कति सहज कति असहज ?
हामीलाई के थाहा छ भने यो माओवादी पार्टी अब जनयुद्धमा फर्किने पार्टी होइन । उनी जब शान्ती सम्झौतामा आए त्यसपछिनै जालमा परे । अब उनीहरु बन्दुक बोकेर जाने अवस्था छैन । माओवादी भित्र बन्दुक बोक्ने र अहिलेको संसदीय पद्धतियमा शान्तीको बाटोमा हिड्नेहरुको बिचमा द्धन्द्ध छ । त्यसका कारण यस्तो स्थिती आएको हो ।
अब जानुपर्ने बिधि र प्रक्रियाबाट नै हो अब पनि सहमति नै होला अब सहमति कसरी अगाडी बढ्छ ?
गल्ती एमाओवादीले गरेकाले उ नै लचिलो बन्नुको बिकल्प छैन । यसरी २ २ पटक देश चलाइसकेको पाटीले बच्चाका जस्ता कुरा गरेर मलाई चकलेट चाहियो भनेर निहू खोजेर राजनीति हुँदैन । अब देश र जनताका लागी केही गर्ने बेला भएको हो भन्ने उसले महसुस गरेर मुल मुद्धामा आउँछ भने हामी पनि लचिलो हुन तयार छौ त्यसो होइन भने देश र जनताले सैंविधान समयमा नै पाउँछन् ।