माघ ६,काठमाडौं-बन्दको दिनपनि संविधानसभाको बैठक आब्हान गरिएपछि बन्द गराउँदै हिँडेका बन्दकर्ताले एमाले नेता माथी जाइलागेका छन् ।
संविधानसभाभवन आउँदै गरेका एमाले नेताहरुलाई बन्दकर्ताले ताकी ताकी आक्रमण गरेका छन् । प्रहरीको भ्यानमा संविधानसभा जाँदै गर्दा एमालेका नेताहरु अमृतकुमार बोहोरा, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यमाथिसमेत बन्दकर्ताहरुले आक्रमण गरेका हुन् । बन्दकर्ताकहरुले बिजुलीबजारमा फलामको रडले उनीहरुमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ । नेता बोहोराले आफूहरुमाथि नियोजित आक्रमण भएको प्रतिक्रिया दिएका छन् । आक्रमणबाट गाडीको सिसा फुटेको छ ।
एमाले नेता चढेको गाडीमा ताकी ताकी रडले आक्रमण
