माघ ६, काठमाडौँ-राजधानीको सुन्धारामा अवैध तरिकाले निर्माण भइरहेको सिभिल लक्जली अपार्टमेन्टमा सर्वसाधारणको करोडौं रुपैयाँ फसेको खुलासा भएको छ । जमिन र भवनको एरिया रेसिया नै नमिलाई निर्माण गरिएकाले भत्काउनुपर्ने सिफारिस गरिएको उक्त अपार्टमेन्टको अग्रिम बुकिङवापत सयौं सर्वसाधारणबाट करोडौं रुपैयाँ असुली गरिएको स्रोतले जनाएको छ । उक्त अपार्टमेन्ट निर्माता सिभिल हाउजिङले हालसम्म उठाएको रकमको विवरण सार्वजनिक गरेको छैन । तर,झन्डै तीनसय व्यक्तिबाट करोडौं रुपैयाँ असुली गरिसकिएको छ ।
तर,झन्डै तीन सय व्यक्तिबाट करोडौं रुपैयाँ उठाएको दाबी सिभिल हाउजिङकै कर्मचारी दाबी गर्छन् । विलासी अपार्टमेन्ट भनेर दाबी गरिएको उक्त परियोजनामा धेरै सर्वसाधारण समेत झक्किनपुगेका छन् ।अपार्टमेन्ट भने पनि एक कोठामात्रै लिभिङ रुपमा भएकोले सुन्धाराका होटलजस्तै कोठा हुनेछन् । अत्यन्तै साँधुरा कोठाको फ्लाट अग्रिम बुक गरी निर्माण सुरु गरिएको अपार्टमेन्टमा सर्वसाधारणलाई दिनदहाडै ठगी गरिएको खुल्न आएको छ ।