धामी झाँक्रिको विश्वास गर्दा एक युवकको मृत्यु

माघ ६,बैतडी -समयमै अस्पताल नलगी धामि झाँक्रिको विश्वास गर्दा बैतडीका एक युवकको ज्यान गएको छ । सिगिस्त बिरामी भएको २ दिन सम्म पनि अस्पतल नलगि धामिझाँक्रिको विश्वास गर्दा बैतडीको दुर्गास्थान ६ का १८ वर्षिय जनकराज बडुको ज्यान गएको हो । धामिझँक्रिले म आफै निको पाछु भन्दै पटक पटक आस्वासन दिने भएकाले आफुहरुलाई अस्पताल लैजानमा ढिलाई भएको परिवारको भनाई छ ।

माघ १ गतेदेखि खानाखान छोडी विरामि परेका युवक जनक बिरामि परेकोले ४ गतेमात्रै स्वास्थ्य चौकि दुर्गास्थानका सिनियर अहेब राजबहादुर चन्दलाई खबर गरेका थिए राति बिरामीको घरमै गई अहेब चन्दले अस्पताल लैजान सल्लाह दिएपछि मात्रै उहाँलाई ५ गते जिल्ला अस्पताल बैतडी ल्याईएको थियो । जिल्ला अस्पतालले जनकको उपचार बैतडी सम्भव नहुने बताएपछि उहाँलाई दिउँसो कोहल्पुर रिफर गरीएको थियो । तर उहाँको गएराति सवा १२ बजे बाटोमानै आर्थात लम्कीभान्दा ७ किलोमिटर अगाडी पुग्दा ज्यान गएको मृतकका बाबु नरीदत्त बडुले बताएका छन् ।