माघ ४,दैलेख-दैलेखको प्राथमिक स्वास्थय केन्द्र नौमुलेमा नवजात शिशुहरुलाई लगाईने बिसिजी भ्याक्सिनको अभाव भएको छ । स्वास्थय केन्दमा भ्याक्सिनको अभावका कारण विगत तिन महिनादेखि नवजात शिशुलाई दिईने खोप सेवा प्रभवित भएको छ । हरेक महिनाको २ गते प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेमै आई आफ्ना बच्चाहरुलाई बिसिजी खोप लगाउने सुत्केरी महिलाहरुले आफ्ना बच्चाहरुलाई आफु ३ पटक सम्म आई सक्दा समेत खोप लगाउन नपाएको र पटक पटक आउँदा आफुलाई धेरै दुख भएको र आफ्नो बच्चाले तोकिएको समयमै खोप पाउन नसकेको सेवाग्राही मनसरा सुनारले गुनासो गर्नुभयो । स्वास्थ्य केन्द्रबाट खोप सेवा पाउनु नागरिकको अधिकारयुक्त सेवाको रुपमा रहेको र सेवा नपाउदा क्षतिपुर्तिको माग गर्न सक्ने समेत व्यवस्था जारी भई सक्दा पनि स्थानीय स्वास्थ्य केन्द्रहरुबाट खोप सेवा नपाउँदा नागरिकहरु निकै मर्कामा परेका छन् ।