माघ ४, रौतहट-रौतहटमा मोटरसाइलक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ज ३ प २९० नम्वरको मोटरसाइकल गएराती पल्टिँदा महोत्तरी माइस्थान गाबिस ३ का २७ बर्षिय नर बहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राजमार्गमा कुनै गाडीले मोटरसाइकल लाई ठक्कर दिएपछि दुर्घटना भएको प्रहरीको आशंका छ । दुर्घटनाका बारेमा आवश्यक अनुसन्धान भइहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । घटनाबारे थप जानकारी आउन बाँकी छ ।
सवारी दुर्घटनामा युवकको मृत्यु
