माघ १,काठमाण्डौँ – सामाजिक सेवा गर्ने उदेश्यले सामाजिक संजाल ट्वीटर प्रयोगकर्ताहरुको साझा संजाल रु ५ संकलन अभियानले आज माघे सक्रान्तिको अवसर पारि आमा घरमा रहेका आमाहरुकालागि भोजन कार्यक्रम गरेका छन् । सोल्टि मोडमा रहेको दिल शोभा श्रेष्ठको आमा घरमा करिव २५ जना ट्वीटेको सहभागितामा सो कार्यक्रम सम्पन्न भएको रु ५ संकलन अभियानका अभियान्ता भरत सापकोटाले जानकारी दिनुभएको छ । सो अवसरमा ट्वीटेहरुले आफै पकाएर करिव ३२ जना बृद्ध आमाहरु र १२ जना असाहाय बालबालिकालाई आफैले भोजन गराएको उहाँले बताउनुभयो ।
अभियान अन्तर्गत आजै साझ ३ बजे पशुपति बाहिर रहेका असहाय ब्यक्तिलाई चिया तथा खाजा खुवाउने कार्यक्रम रहेको सापकोटाले जानकारी दिनुभएको छ । अभियानले ४१ औ दिन बितिरहदा आज ९ औ कार्यक्रम सम्पन्न गरिएको हो ।
सामाजित संजाल ट्वीटर प्रयोगकर्ताहरुको माघि बिशेष कार्यक्रम आमाघरमा
