काठमाडौं-बलीउडमा पहिलो पटक ६ सय करोडको कारोबार गरेर आमिर खानको पीकेको चर्चा सवत्र भइरहँदा नेपालमा पनि त्यस्तै पात्रको खोजी भइरहेको छ । आमीरको जस्तै बलिउडमा मात्र नभएर नेपाली फिल्म क्षेत्रमा पनि पिकेले नयाँ रेकर्ड नै राख्यो जुन अहिलेसम्म अन्य बलिउड फिल्मले नेपालमा त्यसतो रेकर्ड राख्न सकेका थिएनन् ।
आमिरको यो शैलीबाट नेपाली निर्माताहरुलाई भने केहि पाठ सिक्ने अवसर मिलेको होकि जस्तो पनि लाग्यो । किनकी आमिरको नाङगिएको फोटोले यसरी सफलता पायो भने नेपाली फिल्ममा पनि यस्तै गरीयो भनेत यसरी नै सफलता पाउँछ कि भन्ने नेपाली निर्माताहरुको सोँचाईमा छ । यहि आउँदो माघ २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म स्केपका कलाकार प्रदिप खड्काले आफ्नो चलचित्रलाई कुन तरिकाले प्रचार गर्दा अझ नयाँ रुप बन्न सक्छ भन्ने कुराको छटछटि भएको छ ।
फिल्मकै नायिका नङ्ग्याउने होलाकी आफै नाङगिने होला भन्ने कुरामा दोधार रहेको उनले सोच्नै नसकेको बताए । आफुले बनाएको फिल्म राम्रो छ तर पनि दर्शकलाई हलसम्म तान्न त्यति सजिलो छैन त्यसैले फिल्मको प्रचारका लागि नयाँ उपाय सोंचेको बताउँछन् । यसैले उनले पोष्टर प्रतियोगिता गर्न लागेको जनाएका छन् । उत्कृष्ट हुने २ पोष्टर चलचित्र प्रचारका लागि प्रयोग गरिनेछ । फिल्म स्केपमा नायिका रीमा विश्वकर्मा र प्रदिप खड्काको मुख्य भूमिका छ ।