पुष २८, काठमाडौं- एकीकृत माओवादी र मधेशवादी दलसहीतको ३० दलीय मोर्चा र नेकपा माओवादीले आवह्वान गरेको बन्दका कारण आज पनि मुलुकका विभिन्न जिल्लहरुमा जनजीवन प्रभावित बनेको छ । ३० दलीय मोर्चाको चरणबड बन्दका क्रममा आज थरुहट प्रदेश र तराईका जिल्लहरुमा बन्द आह्वान गरेको छ । बन्द्यका कारण लामो तथा छोटो दुरीकासवारी संचालन भएका छैनन् भने बजार पसल तथा शैक्षिक संस्था समेत ठप्प रहेका छन् । ३० दलीय माृर्चाले भोली काठमाडौ उपत्यकाको नेवा प्रदेश र ताम्सालिङ प्रदेश बन्दका आह्वान गरेको छ । यसैगरी मोहन बैद्य नेतृत्वको नेकपा माओवादीले आज पश्चिमान्चलमा बन्द आह्वान गरको छ । बन्द्यका कारण पोखरा लगायत पश्चिमान्चलका जिल्लहरुमा प्रभाव परेको हाम्रा स्थानीय संवाददाताहरुले जनाएका छन् ।