पुस २४, काठमाडौँ – संविधानसभाले राजनीतिक सम्वाद तथा सहमतीलाई विवादीत प्रतिवेदन पुन सहमतीका लागी समितीमा नै फर्काए पछि दलहरु पुन छलफलमा जुट्नेभएका छन् । समितीको प्रतिवेदनमाथि चार दिनमा सहमती निकाल्न नभए प्रक्रियाको बाटो अपनाउँन दलहरुलाई संविधान सभा अध्यक्षले अन्तीम मौका दिएको बताए पछि समय सिमा भित्र निष्कर्षमा पुग्ने बताएका छन् ।
संविधानसभाले समितिलाई विवादित विषयमा सहमति गर्न पुस २९ गतेसम्मको समय दिएको छ । २५ दिनसम्म प्रतिवेदन माथि संविधान सभाको बैठकमा छलफल गरी हिजो समितीम फर्काईएको हो । समितिले विवादित विषयमा सहमति गर्ने जिम्मेवारी पाएको यो पाचौं पटक हो । दर्जनौं पटक बैठक बसे पनि दलहरुबीच राज्यपुनसंर्रचना, राज्यको शासकीय स्वरुप निर्वाचन प्रण्ाँली र न्याय प्रण्ाँलीमा सहमति कायम हुन सकेको छैन ।
दलहरुबीचको असहमतिका कारण माघ ८ गते संविधान जारी नहुने अवस्था उत्पन्न भएपछि संविधानसभामा दई तिहाइभन्दा बढी सभासद्हरुले विवादित विषय अब प्रक्रियाबाट टुंगो लगाउनुपर्ने धारणा राखेका थिए भने कतिले सहमतीमा नै जानु पर्ने बताउँदे आएका थिए । यता राप्रपा नेपालका सभासद् कमल थापाले भने विवादित विषय समितिमा फर्काउने प्रस्ताव दुई तिहाइभन्दा बढी सभासद्ले संविधानसभामा व्यक्त गरेको भावना विपरित भएको बताउनुभयो ।
राप्रपा नेपालको विरोधका वाबजुद विवादित विषय संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा फर्काइ संविधानसभाको बैठक पुस २९ गतेसम्मका लागि स्थगित गरिएको छ ।