बालुवाटारमा भएको यस्तो सहमति

पुस २४, काठमाडौँ –  शिर्ष  तीन दलबीच आज वालुवाटारमा संवाद समितिको प्रतिवेदन सहमतिका लागि फेरी समितिमै पठाउने सहमति भएको छ । सत्तासाझेदार नेपाली काग्रेस, नेकपा एमाले र एकीकृत माओवादीले संविधानसभामा छलफल भइरहेको संवैधानिक राजनितिक सम्बाद तथा सहमति समितिको प्रतिबेदन फेरी सम्बाद समितिमा नै पठाउने सहमति गरेको पधानमन्त्री शुशिल कोइराका प्रस सल्लाकार प्रकाश अधिकारीले जानकारी दिए ।

शुक्रबार वालुवाटारमा बैठकमा मधेसी मोर्चाका नेता सहित तीन दलका नेताले संविधान सभाअध्यक्ष सुवास नेम्वाङलाई भेटेर परामर्स गर्ने निर्णय भएको बताए । एमाले बरिष्ठ नेता झलनाथ खनालले संविधानसभाका अध्यक्षसँग छलफल गरि प्रतिबेदन केही दिन सम्बाद समितिमा पठाउने सहमति भएपनि, फेरी पनि सहमति नभए प्रक्रियाको बाटो पनि सुनिश्चित गराएर मात्रै सम्बाद समितिमा पठाउने सहमति भएको जानकारी दिए ।