काठमाडौँ-सुनचाँदीको भाउ फेरी बढेको छ । मंगलबार ५२ हजार ४ सयमा कारोबार भएको सुन बुधबार ३ सय रुपैयाँ बढेर तोलाको ५२ हजार ७ सय रुपैयाँ पुगेको छ । यो मुल्य पछिल्लो २ महिनाको सबैभन्दा उच्च हो । यस्तै चाँदीको भाउ पनि बुधबार तोलामा ५ रुपैयाँ बढेर ७ सय १५ रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन चाँदीको भाउ फेरी बढ्यो
