पुष २१ , काठमाडौं – नेपाली कांग्रेसले संविधानसभा विबादित विषयमा सहमति जुटाउन आफुले हदै सम्मको लचकता देखाउने जनाएको छ । संविधानसभा अन्तर्गतको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा संविधानका अन्तर्वस्तुबारे सत्ताधारी दलले पेश गरेको ९ बुँदे प्रस्तावमा लचिलो हुने संकेत गरेको हो । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारीको बैठकमा आगामी माघ ८ मै संविधान जारी गर्ने गरी राजनीतिक सहमति जुटाउन हदैसम्मको लचिलो हुने निर्णय भएको महामन्त्रधी कृष्ण प्रसाद सिटौलाले बताए । उनले साझा अवधारणामा हेरफेर गरेर सहमतिको सम्भावना रहन्छ भने लचक हुने धारणा कांग्रेसले अगाडि सारेको समेत बताए ।
सहमति जुटाउन कांग्रेसले कसुर छाड्दैन
