पुष १८, काठमाडौँ- स्टफेन जेरार्डले लिभरपुल छाड्ने तयारी गरेका छन् । ३४ वर्षीय जेरार्ड लिभरपुलका कप्तान हुन् । उनको सम्झौता सिजनको अन्त्यमा सकिँदैछ । लिभरपुलले गत नोभेम्बरमा नै नयाँ सम्झौता प्रस्ताव गरे पनि उनले निरन्तरता नदिने बताएका छन् । लिभरपुलका मिडफिल्डर जेरार्ड अमेरिकी क्लब एलए ग्यालेक्सी जाने अनुमान गरिएको छ । जेरार्ड सन् १९९८ मा लिभरपुलबाट डेब्यू गरेका थिए । त्यसपछि उनी लगातार लिभरपुलमा छन् । २००३ अक्टोबरमा कप्तान बनेका उनले २००५ मा क्लबलाई च्याम्पियन्स लिगको उपाधि दिलाए ।
लिभरपुल छाड्ने जेरार्डको तयारी
