पुष १५, काठमाडौँ -मंगलबारदेखि बेपत्ता भइरहेको एअर एसियाको विमान जावा समुन्द्रमा खसेको पुष्टी भएको छ । जसमा सवार १६२ यात्रु मध्ये ४२ जनाको शव निकालीएको अन्तराष्टिय संचारसंथाले जनाएका छन् ।हराइरहेको विमानलाई ३ दिनदेखि खोजी कार्य जारी राखेका अधिकारीहरुले आज दिउँसो जाभा समुद्रबाट ४० ओटा शव निकालेका हुन् । दुर्घटनाग्रस्त जहाजका भग्नावशेषसँगै ती शवहरु फेला परेको अधिकारीहरुले जनाएका छन् । जाभा समुद्रमाथि फेला परेका वस्तुमध्ये ९५ प्रतिशत सोही बेपत्ता विमानका पार्टपूर्जा भएको अधिकारीहरुले जनाएका छन् । जमिन र जलक्षेत्रलाई १३ भागमा विभाजन गरी भैरहेको खोजीमा इन्डोनेसिया, सिंगापुर, मलेसिया, अमेरिका, अष्ट्रेलिया, फ्रान्सलगायतका मुलुकका उद्धारकर्मी खटिएका छन् ।
एयर एसियाको विमानमा सवार ४२ जनाको शव भेटियो
