पुष १५,काठमाडौँ-दलहरुले भन्र्दै आएको समय माघ ८ मा संविधान जारी हुने छनक नदेखिएको भन्द्यै संविधानसभाका अध्इक्ष सुवास नेम्वाङ परामर्शमा जुट्न थालेका छन् । संविधान निर्माणको क्रममा जारी विवाद मिलाउने बारेमा दलहरुबीच भइरहेका छलफल टुङ्गोमा पुग्न नसकेपछि संविधानसभा अध्यक्ष नेम्वाङले आज प्रमुख दलका सचेतकहरु र शीर्ष नेताहरुसँग छलफल गर्न थालेका हुन् ।माघ ८ नजिकिदै गर्दा पनि शासकीय स्वरुप, राज्यपुनर्संरचना, निर्वाचन र न्याय प्रणाली बारेको विवाद मिलाउन नसक्ने अवस्थामा पुगेपछि उनले दिउँसो १ बजे प्रमुख तीन दल र मधेसीमोर्चामा आवद्ध दलका प्रमुख सचेतसम्ग छलफल गर्न लागेको संसद सचिवालयले जनाएको छ । तोकिएको मितिमा संविधान जारी गर्नका लागि संविधानसभाध्यक्षले उचित भूमिका नखलेकोभन्दै सभासदहरुले नै आलोचना गर्न थालेपछि सविधानसभा अध्यक्ष छलफलमा जुट्नु भएको हो । दलहरुबीच विवादित विषयमा सहमति नभइरहेको अवस्थामा संविधान निर्माणको भावी प्रक्रियाको बारेमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक पनि भोलिका लागि बोलाइएको छ ।