पुष १३, पर्वत-पछिल्लो समय सुन्तलाको जिल्ला बन्दै गएको पर्वत जिल्लाका किसानले थप सक्रियता देखाएका छन् । पर्वतको वाँसखर्कबाट बेनीबजार झर्ने ४ किलोमिटर बाटो स्थानियको श्रमदानले खनिएको स्थानीय पत्रकार अगन्धर तिवारीले बताए । तिवारीका अनुसार मिलनचोक मल्लाज हुँदै बाँसखर्क जोड्ने १३ किलोमिटर सडक घुमाउरो र असजिलो भएपछि गाउँले हरुले सहज रुपमा पुग्ने बाटो निर्माण गरिएको हो । बाँसखर्क जिल्लाकै बढि सुन्तला उत्पादन हुने गाबिस हो । बगर बाँसखर्क सडकले डेढ घण्टाको यात्रा तिस मिनेटमा छोटिएको छ । सडक निर्माण समितिका आर्थिक संयोजक ख्यामबहादुर खत्रीका अनुसार वि।स २०६८ मा सुरु भएको सडक निर्माण गर्न हालसम्म सरकारको १२ लाख, स्थानीयबासीको नौ लाख ९ हजार ३ सय ५० र ६ लाख रुपैया ऋण गरी २७ लाख रुपैयाको लगानी भएको छ ।
सुन्तला बेच्न सडक खने गाउँलेले
