पुस १३, काठमाडौं-एकीकृत नेकपा माओवादीको केन्द्रिय समितिको बैठक आज बस्ने भएको छ । पार्टीको आन्तरिक राणनीति तयार गर्न पार्टी कार्यलय पेरिसडाडाँमा बिहान ११ बजे बैठक बस्न लागेको प्रवक्ता दिनानाथ शर्माले बताए । शर्माका अनुसार बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले पार्टी सुदृढीकारण र एकाताका लागि भन्दै तयार पारेको प्रतिवेदन प्रस्तुत गर्ने भएका छन् । केही समय यता पार्टीको नेतृत्व परिवर्तनका विषय उठिरहेकाले यसमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ । जसमा अध्यक्ष प्रचण्ड , नेता बाबुराम र नारायणकाजीका ३ वटै समुह सहभागी हुने स्रोतले जनाएको छ ।
एमाओवादीको केन्द्रिय समितिको बैठक आज
