पुस १२, पर्वत-गाउँमा खेलकुदका गतिविधी सुस्ताईरहेका अवस्थामा पर्वतको मुडिकुवा गाविसका युवाहरु गाउँमै खेलकुद मैदान निर्माणमा जुटेका छन् । पञ्च मन्दिर युवाक्लबमा आवद्ध रहेका मुडिकुवा अम्बोटका युवाहरुको सक्रियतामा झण्डै ६ लाख बराबरको लागतमा खेल मैदान निर्माण गर्न थालिएको हो ।वार्डनम्बर ३ स्थीत अम्बोटमा १ सय २० मिटर लम्बाई र १ सय १० मिटर चौडाईमा निर्माण गरिएको खेल मैदानका लागि युवाहरु लागिपरेका हुन् ।
क्लबको सक्रियतामा खेल मैदान बन्दै
