पुस १२, काठमाडौं-शुक्रबारदेखि शुरु भएको नेकपा माओवादीको राष्ट्रिय भेला आज पनि जारी रहेको छ । राजधानीको एक पार्टी पार्टी प्यालेसमा जारी भेलामा आज अध्यक्षको प्रतिवेदनमा समूहगत छलफल हुने प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । प्रवक्ता भुषलका अनुसार १८ समुहमा विभाजित समुहमा छलफल भएपछि आज दिउँसोदेखि समूहका निष्कर्षहरु समूह नेताले प्रस्तुत गर्ने तय भएको छ । भेलामा सबै जिल्लाका प्रतिनिधिका साथै भारत, यूरोप तथा मध्यपूर्वका देशहरुबाट समेत गरी करिब ९ सय प्रतिनिधि र केन्द्रीय सदस्य तथा सल्लाहकारसमेतको सहभागिता रहेको माओवादीले जनाएको छ । ३ दिने भेला भोलि सकिनेछ ।
माओवादीको भेलामा आज अध्यक्षको प्रतिवेदनमा समूहगत छलफल हुने
