पुस १२, काठमाडौं-संविधानका अन्तरवस्तुमा सहमति खोज्न बिहिबार बेलुका गठित कार्यदलले आज पनि गृहकार्य जारी राख्ने भएको छ । कार्यदलले विवादमा रहेको संघियता, शासकीय स्वरुप र न्यायप्रणालीका विषयमा हिजोदेखि सहमतिको प्रयास थालेकोमा आज पनि छलफल गर्न लागेको कार्यदलका सदस्य कृष्ण प्रसाद सिटौलाले जानकारी दिए । कार्यदलमा कांग्रेसका कृष्णप्रसाद सिटौला, एमालेका भिम रावल, एमाओवादीका कृष्णबहादुर महरा र मधेसी मोर्चाका लक्ष्मणलाल कर्ण छन् । सदस्य सिटौलाका अनुसार कार्यदलको बैठक अहिले केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा शुरु हुनेछ ।
बिहिबार बनाइएको कार्यदलद्धारा आज पनि छलफल जारी
