पुस १२, काठमाडौं -लामो समय छायाँमा परेका कांग्रेस नेता खुमबहादुर खड्का अहिले फेरी चर्चामा छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ । भ्रष्टाचार अभियोगमा झन्डै डेढ वर्ष जेल बसेर फर्केपछि उनी कांग्रेसको मूलधारभन्दा अलि फरक हिन्दू राज्यको अभियन्ताका रुपमा सक्रिय छन् । पटक पटक मन्त्री बनेका खड्कामाथि २०५४ सालमा एमाले विभाजनको आरोप पनि छ ।
जसलाई उनी हाकाहाकी स्विकार गर्छन । हो एमाले मैले फुटाएको हुँु नफुटाएको भए कांग्रेस अहिलेसम्म सकिइसक्थ्योु । खड्काका अनुसार एमालेका तत्कालिन विद्रोही नेता वामदेव गौतम र कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाबीच सरकार र चुनावमा मिलेर जाने सहमति भएको थियो । तर वामदेव जीहरुले ठूलो धोका दिनुभयो, खड्का थकथक मान्छन ।
हो मैले एमाले फुटाएको हुँ : खुमबहादुर खड्का
