पुष १०, काठमाण्डौ-चौथो ध्रुवतारा कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । झापाको दमकमा सुरु प्रतियोगिता पाँच दिनसम्म सञ्चालन हुने भएको छ । प्रतियोगितामा नेपाल, भारत, भुटान, बङ्गलादेशका साथै मलेसियाका समेत गरि १ सय ५० भन्दा धेरै खेलाडीहरूको सहभागिता रहने कुरा आयोजकहरूले जनाएका छन । प्रतियोगिता दमकस्थित माडवारी सेवा समितिको सभाहलमा सुरु भएको छ । प्रतियोगिताका प्रथम बिजेताले ५० हजार, दितियले ४० हजार तथा तृतिय हुनेले ३० हजार रूपैयाँ पुरस्कार प्राप्त गर्ने बताइएकोब छ ।
अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता शुरू
