पुस ९,काठमाडौं -राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आजबाट मेची महाकाली रथयात्रा सुरू गर्दैछ । तोकिएको समयमा नै नयाँ संविधान जारी गर्न दबाब दिन राप्रपाले झापाबाट ९ दिने रथ यात्रा सुरु गर्ने भएको हो ।
आज देखि झापाबाट सुरु हुने मेची महाकाली रथयात्रा पुस १८ गते काठमाडौँमा सम्पन्न हुने राप्रपाले जनाएको छ । यसैविच मेची–महाकाली रथयात्राको तयारीका क्रममा बर्दिबास पुग्नु भएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख तीन दलका शीर्ष नेताका कारण तोकिएको समयमा नयाँ संविधान जारी हुन नसक्ने बताउनुभएको छ । अध्यक्ष थापाले सञ्चारकर्मीसँग कुरा गर्दै ‘तीन दल सत्तास्वार्थमा डुबेकाले’ उनीहरू नै नयाँ संविधानको बाधक भएको बताउँनु भएको हो ।