पुष ८, काठमाडौँ-नेपाल पत्रकार महासंघले संविधान निर्माणका लागि दलहरुलाई दवाव दिने कार्यक्रम अनुसार आज संविधानसभा भवनअगाडि प्रदर्शन गर्ने भएको छ । संविधान निर्माणमा दबाब दिने अभियान अनुसार विहान ११ बजेसम्म संविधानसभा भवनको पश्चिम गेटअगाडि प्रदर्शन गर्ने कार्यक्रम राखिएको महासंघले जनाएको छ । महासंघले लोकतान्त्रिक आन्दोलनमा निर्णायक र महत्वपूर्ण भूमिका निर्वाह गरेका पेशाकर्मीहरुको साझा संस्था ‘शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल पापडले यतिबेला पुनः राजनीतिक दलहरुलाई ध्यानाकर्षण गराउने बेला भएको जनाएको छ । नेपाल पत्रकार महासंघसहित ६ वटै पेशागत संस्थाको सञ्जाल पापडले कार्यक्रममा सहभागि हुन आह्वान पनि गरिएको छ ।