मुम्बईका कोठीमा बिताएका पाँच महीना सम्झदाँ अहिले पनि उनलाई राति निद्रा लाग्दैन, शरीर गल्छ र मन विरक्त हुन्छ । दैलेख कासीकाध गाविसमा १ साउन २०३४ मा जन्मिएकी सुनिता वन ९दनुवार० ले वि।सं। २०५३ मा भारतको मुम्बईमा बिताएका ती दिन कथामा सुनिने र पढिने नर्कभन्दा कुनै हिसाबले कम त्रासदीपूर्ण थिएनन् । त्यही वर्ष भारतको महाराष्ट्र सरकारले १८ वर्षभन्दा कम उमेरकालाई वेश्यालयबाट उद्धार गर्ने निर्णय नगरेको भए उनले अरू कति समय त्यही नरकमा जीवन बिताउनुपर्दथ्यो भन्न सकिन्न ।
१४ वर्षको उमेरमा वेश्यालयमा पुगेकी सुनिता अहिले नेपाली चेलीहरूलाई वेश्यालय पुग्नबाट रोक्ने र वेश्यालय पुगेकाहरूको उद्धार र पुनस्र्थापना गर्ने अभियानको नेतृत्वकर्ता बनेकी छिन् । वेश्यालयबाट फर्केका उनी जस्ता मिलेर २०५७ मा स्थापना गरेको शक्ति समूहले राष्ट्रिय÷अन्तर्राष्ट्रिय रूपमा प्रशंसा पाउँदै यो वर्ष एशियाको प्रतिष्ठित म्यागासेसे पुरस्कार ९५० हजार डलर० समेत पाएको छ ।
पीडादायी विगत
कमजोर आर्थिक अवस्थाका गंगा र चन्द्रकलाका १० सन्तानमध्ये एक हुन्, सुनिता । रोग, कुपोषण जस्ता समस्याले ६ सन्तानको मृत्यु भएपछि सुनिताका बुबा—आमा बचेका ४ जना छोराछोरीलाई लिएर भारतको जम्मु काश्मिरमा आलु खेती गर्न गए । पाँच वर्षको उमेरमा त्यहाँ पुगेकी सुनिता १४ वर्ष पुग्दानपुग्दै गिटी कुट्ने मजदूरी गर्न थालिन् । त्यही वेला गिटी लिन आउने ट्रयाक्टर चालक र उनका साथीले बेहोश हुने औषधि मिसाइएको मिठाई खुवाएर मुम्बईको कोठीमा पु¥याएको उनी सम्झ्न्छििन् ।
होश खुल्दा आफू वरिपरि भद्दा मेकअप गरेका युवतीहरूको चहलपहल देखेपछि वेश्यालयमा आइपुगेको थाहा पाएको सम्झ्ँदै सुनिता खाना, पानी केही नदिंदै शारीरिक र मानसिक यातना दिए पनि एक महीनासम्म प्रतिरोध गरेर जोगिएको बताउँछिन् । छुरी, खुकुरी देखाउँदा पनि त्यहाँ आउने ग्राहकसँग सुत्न नमानेपछि त्यो कोठीवालाले भारु १ लाख लिएर अर्को कोठीमा बेचिदिएको सम्झ्ँदै सुनिता भन्छिन्, “त्यहाँ पनि ग्राहकसँग सुत्न नमानेपछि कोठीवालीले त्यहीं काम गर्ने केटाहरूलाई सामूहिक बलात्कार गर्न लगाइन् ।”
कोठीका ग्राहकमा विदेशी, भारतीय सेना, प्रहरीका अधिकृत र व्यापारीहरू हुन्थे । पैसावाल ग्राहकले आफूसँगै लगेर एक घण्टा बिताएको भारु ३ सयदेखि ३—४ हजारसम्म दिने तर, कोठीमा आउने ग्राहकले भारु २० देखि ५० मात्र दिने गरेको उनी सम्झ्न्छििन् । उनी बसेको कोठीमा ९ वर्षका बालिकादेखि ४५ वर्षका महिलालाई शरीर बेच्न बाध्य पारिन्थ्यो । त्यहाँ नेपाली र बंगाली युवती धेरै थिए ।
भारतको महाराष्ट्र सरकारले त्यो वेला उनी सहित ५०० जना युवतीलाई वेश्यालयबाट उद्धार गरेको थियो, जसमध्ये २०० जना नेपाली थिए । तीमध्ये १२८ जना विभिन्न गैरसरकारी संस्थाको सहयोगमा नेपाल आइपुगे, बाँकी फेरि वेश्यालयमै फर्किए वा कहाँ पुगे उनलाई सम्झ्ना छैन ।
नयाँ यात्रा
वेश्यालयबाट मुक्त भए पनि सुनिता सहितका १२८ जनालाई नेपाल फर्किन सजिलो भएन । एड्स जस्ता घातक सरुवा रोग लागेको हुनसक्ने तथा नेपाली नै हुन् भन्दा इज्जत जाने ठानेर तत्कालीन नेपाल सरकारले उनीहरूलाई नेपाली नै होइनन् भन्दै स्वीकार्न गाह्रो मानेको पनि उनले अझ्ै बिर्सिएकी छैनन् । बाबुआमा जम्मू–काश्मिरमै छन् वा फर्किए भन्ने टुंगो नभएको र अरू आफन्तले मुम्बईबाट फर्केको भनेर नस्वीकार्ने कारण नेपाल फर्केपछि पनि बस्ने, खाने र समाजमा घुलमिल हुने समस्या उनले भोग्नु परयो । त्यस्तो अप्ठ्यारो वेला मुम्बईबाट सँगै फर्किएका आफू सहित १२ जनालाई आश्रय दिने गैर सरकारी संस्था ओरेक नेपाललाई उनी अहिले पनि सम्झ्न्छििन् ।
तर, ओरेकमा आश्रय लिएकामध्ये ७ जनालाई एचआईभी पोजेटिभ देखिएपछि भने उनीहरू बीचमा रुवावासी मच्चियो । त्यो वेला आफूलाई सम्हाल्ने, बाँच्ने र अघि बढ्ने क्रममै सुनिता सहित साथीहरूले शक्ति समूह गठन गरे । नागरिकता लगायत कागजपत्र नभएको त्यो वेला उनीहरूलाई ओरेक नेपालकी प्रमुख डा। रेणु राजभण्डारीको साथ रह्यो । २०५४ मा विवाह गरेकी सुनिताले २०६६ मा एसएलसी उत्तीर्ण गर्दै अहिले स्नातक प्रथम वर्षमा अध्ययन गर्दैछिन्
अँध्यारोबाट उज्यालोतिर
वेश्यालयमा बेचिएकी सुनिता अहिले वेश्यालयमा बिक्री हुन नदिने, बेचिएकालाई उद्धार र पुनस्र्थापना गर्ने अभियानको नेतृत्वकर्ता बनेकी छिन् । उनको संस्था शक्ति समूहले एशियाको नोबेल पुरस्कार मानीने रामोन म्यागसेसे पुरस्कार प्राप्त गरेको छ । हिमाल खबरपत्रिकाबाट साभार