मंसिर २४, काठमाडौं- एमाओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टीको अध्यक्ष पद बरिष्ठ नेता बाबुराम भट्राइलाई हस्तान्तरण गर्न आफु तयार रहेको बताएका छन् । राजधानीमा माओवादी नेता बर्षमान पुनको घरमा भएको दुई पक्षिय नेता सहभागी छलफलले बाबुरामलाई अध्यक्ष मान्न तयार भएको बाबुराम निकट नेता देबेन्द्र पौडेल सुनीलले जानकारी दिए । सो गोप्य छलफलमा नेता नारायण काजीले भने असन्तुष्टी जनाउँदै सहभागीता जनाएका थिएनन् ।
छलफलले बाबुरामलाई अध्यक्ष बनाउन प्रचण्ड पनि तयार भए पनि उनलाई बढीमा एक कार्यकाल अर्थात चार वर्षपछी स्वतह नयाँ पुस्तालाई पद हस्तान्तरण गर्नुपर्ने प्रचण्डले सर्त राखेका छन् । जसका लागी माओवादीले छिटो भन्दा छिटो विशेष महाधिवेशन गर्ने जनाएको छ । विशेष महाधिवशेनबारे छलफल गर्न मंसिर २८ गतेदेखि केन्द्रीय समितिको बैठक बस्दैछ ।