मंसिर २३, काठमाडौँ-नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र भारतिय राजदूत रन्जित रे बिच भेटवार्ता भएको छ । खनाल निवास डल्लुमा आज भएको भेटको क्रममा पछिल्लो राजनीतिक अवस्था, संविधान निर्माण एवं आपसी हित र चासोको विषयमा जिज्ञासा राखेका थिए । सो अवसरमा नेपाल र भारतबीच आपसी सम्बन्ध,सहयोगको बारेमा छलफल भएको थियो । खनालले संविधान माघ ८ गते नै जारी गर्नको लागि शिर्ष दलहरुबीच शिर्ष स्तरिय वार्ता, संबाद जारी रहेको जानकारी दिदै सहमतिका साथ मुलुक अगाडी वढ्ने कुरामा आफु विश्वस्त रहेको जानकारी गराएका थिए ।
एमाले बरिष्ठ नेता खनाल र भारतिय राजदूत रे वीच भेटवार्ता
