काठमाडौं-केही समय यता ओरालो लागेको सुनको मूल्य पुनः आइतबार पनि घटेको छ । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सय ५० रुपैयाँले सस्तिएर ५१ हजारमा आइपुगेको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ ।
यसअघि साताको अन्तिम दिन तोलाको ५१ हजार ३ सय ५० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन तोलाको ५० हजार ७ सय ५० कायम गरिएको छ ।