एजेन्सी-उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा बिहीबार यात्रुबाहक रेल र विद्यालयको बस एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा पाँच बालबालिकाको मृत्यु भएको छ । सो दुर्घटनामा विद्यालयका बस चालकसहित १७ बालबालिका घाइते भएका स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ । बिहीबार बिहान रेलमार्गमा सो दुर्घटना भएको जनाइएको छ ।
उक्त दुर्घटनामा विद्यालयका पाँच बालबालिकाको घटनास्थलमै मृत्यु भएको छ । चालक र घाइते बालबालिकालाई उपचारार्थ अस्पताल लगिएको छ । यस घटनामा घाइते भएका केही बालबालिका अवस्था गम्भीर भएको पनि समाचारमा बताइएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनाग्रस्त विद्यालयको बसमा २० भन्दा बढी प्राथमिक विद्यालयका बालबालिका रहेका थिए । भारतमा विश्वकै तुलना सडक दुर्घटना बढी व्यक्तिले ज्यान गुमाउने गरेको पाइन्छ । सरकारी तथ्याङ्कअनुसार गत वर्ष पनि भारतमा भएका सडक दुर्घटनामा एक लाख ६६ हजार ५०६ व्यक्तिको मृत्यु भएको थियो ।