मंसिर १७, काठकाडौँ-प्रधानमन्त्री सुशील कोइराला र संविधानसभाका अध्यक्ष सुवास नेम्वाङबीच आज भेटवार्ता भएको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल समसामयिक विषयमा केन्द्रित रहेको बताइएको छ । त्यस्तै संविधान निर्माणमा देखिएको जटिलताको निकासबारे केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सभामुख नेम्वाङले संविधान निर्माण दलहरुको अर्कमन्यताप्रति सार्वजनिकरुपमा असन्तुष्टी व्यक्त गर्दै आएका छन् ।
प्रम कोइराला र सभामुख नेम्वाङबीच भेटवार्ता
