एक साता पछि संवाद समितिको बैठक आज बस्दै

मंसिर १४, काठमाडौँ-संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक आज बस्दै छ । कांग्रेस एमालेको साझा धारणा संविधानसभामा लैजाने नलैजाने भन्ने विवादका कारण  एक साता देखि बस्न नसकेको बैठकमा आज शीर्ष दलका नेताहरुका बिच सहमतीका लागी छलफल हुने बताइएको  छ । दिउँसो १ बजे सिंहदरबारमा बैठक बस्ने बैठकमा सबै विवादलाई संविधानसभामा लैजाने र सहमति भएपछि मात्र मतदानमा जाने भन्ने सहमतिलाई एमाओवादी नेतृत्वको २२ दलीय मोर्चाले अस्वीकार गरेकाले समस्या भएको छ । यस अघि अघिल्लो आइतबार बैठक बोलाइएको भएपनि बैठक नै नबसी स्थगित भएको थियो । हिजो पनि सम्वाद समितिको बैठकअघि नै गतिरोध तोड्न प्रयास स्वरुप  तीन दलको बैठक बसेपनि निष्कर्ष विहिन बनेको थियो ।