मंसिर ८ , काठमाडौं-महोत्तरीको एभरेष्ट चिनी मिलले किसानलाई दिन बाँकी रकम छिट्टै दिने बताएको छ । बैंकले किसानसँग भएको सहमती पालना गर्दै आगामी पुस १५ भित्र भुक्तानी गर्ने जनाएको उखु उत्पादक कृषक सङ्घका अध्यक्ष नरेशसिंह कुशवाहाले बताए । चिनी मिलको गेटमा बस्दै आएका किसानसग जनकपुरमा भएको वार्तामा प्रति क्विन्टल बा“की रहेको ७६ रुपैँया किसानको खातामा पठाउने सहमति भएको हो । मिलले ५८ लाख क्विन्टल उखुको भुक्तानी गर्नुपर्ने रकम मध्ये किसानको रु ४४ करोड आठ लाख केही मात्र पाएकाले किसानहरुले रकम माग गर्दै आन्दोलन गर्दै आएका छन् ।
चिनी मिलले दिनेभो किसानको बाँकी पैसा
