मंसिर ८ , काठमाडौं-५ केजी अवैध चाँदी सहित पर्सामा एक जना पक्राउ परेका छन् । पर्सा प्रहरीले वीरगंज उपमहानगरपालिका–१३ बस्ने २२ बर्षीय बिकुकुमार सराफलाई अबैध चाँदी सहित पक्राउ गरेको प्रहरुीले जनाएको छ ।प्रहरुीका अनुसार सराफसँग ४ किलो ९ सय ३३ ग्राम चाँदी रहेको छ । सराफले नेपालबाट भंसार छलेर उक्त परिमाणको चाँदी चोरी निकासी गरी साईकलमा भारततर्फ जाँदै गरेको अवस्थामा अंचल प्रहरी कार्यालय नारायणीबाट खटिएको प्रहरी टोलीले उनलाई श्रीसिया गाबिस–५ स्थित नेपाल भारत सिमानामा फेला पारी चेकजाँच गर्दा कपडामा बेरी कम्मरमा बाँधेर लैजाँदै गरेको उक्त चाँदी बरामद भएको थियो ।
अबैध चाँदी सहित एक पक्राउ
