मंसिर ७, काठमाडौँ-सार्क शिखर सम्मेलन तिब्र तयारी भइरहेका बेला आज स्थायी समितिको बैठक बस्दै छ । बैठकमा सदस्य राष्ट्रका परराष्ट्र मामिला सचिवले बैठकको नेतृत्व गर्नेछन् । आजको बैठकमा हिजो कार्यक्रम समितिले प्रस्तुत गरेको सार्कका ११ क्षेत्रीय केन्द्रमध्ये तीन वटा खारेज गर्न र चारओटालाई आपसमा गाभ्ने बिषयमा छलफल हुने बताइएको छ । स्थाई समिति बैठकमा नेपालका तर्फबाट कायममुकाय परराष्ट्र सचिव शङ्करदास वैरागी, अफगानिस्तानका क्षेत्रीय सहयोग विभागका उपमहानिर्देशक सेद्दिक रसुली, बङ्गलादेशका विदेश सचिव साहिदुल हक, भुटानका विदेश सचिव यासेइ दोर्जी सहभागि हुनेछन् यस्तै भारतका विदेश सचिव सुजाथा सिंह, माल्दिभ्सका विदेश सचिव अलीनासिर मोहम्मद, पाकिस्तानका विदेश सचिव अजिज अहमद चौधरी र श्रीलङ्काका तर्फबाट बाह्य मामिलासम्बन्धी सचिव क्षेनुका सेनेवारत्नेले नेतृत्व गर्नेछन् । सार्क स्थाई समितिको बैठक भोलीसम्म चल्ने छ ।
सार्क सचिव स्तरिय स्थायी समितीको बैठक बस्दै
