मंसिर ६, काठमाडौँ-एकीकृत माओवादीका प्रवक्ता दिनानाथ शर्माले भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले नैतिकताका आधारमा राजिनामा दिनु पर्ने बताउएका छन् । शनिबार पार्टी कार्यलयमा आयोजीत पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणका सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले विज्ञप्ति निकालेर गैर जिम्मेवार व्यवहार प्रदर्शन गरेकोले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने बताए । प्रवक्ता शर्माले सरकारले मोदीको भ्रमण स्थगित हुनुको दोष २२ दलीय मोर्चामाथि थोपरेर आफु चोखिन खोजेको आरोप समेत लगाए ।
मन्त्री निधिले राजिनामा दिनुपर्छ : दिनानाथ शर्मा
