भृकुटिमण्डपमा सार्क हस्कला प्रर्दशनी जारी

मंसिर ५, काठमाडौँ-भृकुटिमण्डपमा हिजोदेखि शुरु भएको हस्तकला प्रर्दशनी आज पनि जारी छ । नेपाली हस्तकलाका विकास र आयतमुखि अर्थतन्त्रलाई प्रतिस्थापन गर्ने उदेश्यले शुरु १२ औं सार्क हस्तकला ब्यपार मेलामा सार्क राष्ट्रहरुसहित २ सय ९ वटा स्टल राखिएका छन् । काष्ठकला र चाँदिका परम्परागत सजावटका वस्तुको हस्तकला प्रतियोगितामा नेपालका २१ जना कलाकारले भाग लिएका छन् । सहभागि मध्ये उत्कृष्ट कलाकारलाई पुरस्कृत समेत गर्ने कार्यक्रम छ ।